Sunday, December 4
Shadow

गायिका मिलन डिभोर्सपछि एक्लै रमाउदै…हेर्नुहाेस् तस्विरहरू

गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।

सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।

 

गीत रेकर्ड गर्दैमा र स्टेज कार्यक्रम पाएकै भरमा सफल मान्नु गलत भएको स्वीकार गर्छिन् उनी । ‘दर्शकश्रोताले मिलन तैंले राम्रो गीत गरिस् भन्नुभयो भने म सफल हो,’ मिलन भन्छिन्, ‘नभए, सफल भएँ भन्नु भ्रममा रमाउनु मात्र हो ।’

 

२०७४ साल असोज २ गते । गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए सन् २०११ मा मागी विवाह गरेका उनीहरुले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए ।

 

मिलनले मेन्सनलाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।मिलन भन्छिन्- ‘डिभोर्स दिएको भन्ने समाचारले मलाई मा-नसिक पीडा दिएको थियो । तर परिवार र साथीहरुको सहयोगमा त्यो भंगालोबाट निस्किन सफल भएँ ।

 

जीवनमा धेरै उतार चढावहरु आउँछन् । त्यसलाई स्वीकार नगर्ने हो भने त जीवन जिउनै सकिन्न । अब अरु के कहानी कोरिएको छ, हेर्न बाँकी छ’, उनी केही मलिन सुनिन्छिन् ।अहिले म बुढी भइस केकी छैन नि,’ ठट्यौली शैलीमा उनले भनिन्, ‘विवाह त पक्कै गर्नेछु, तर कहिले गर्छु भन्ने योजना बनाइसकेको छैन ।

 

आसा ममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । उनका मामा कृष्ण मिजाल र ठुलीआमा डुकुना नेवार आसामको सांगी तिक आकाशमा सफल थिए । उनीहरुको छत्रछायामा हुर्केकी मिलनले १३ वर्षको उमेरमा स्टेजमा गाउन थालिन् ।

 

मिलनको करिअरको टर्निङ प्वाइन्ट भने सन् २००३ मा भएको एक प्रतियोगिता भयो । जयपुरमा भएको प्रतियोगितामा उनी फस्ट रनरअप भइन् । उनी भन्छिन्, ‘त्यो उपाधीपछि मैले आसाममा आएर धेरै गीतहरु रेकर्ड गराउने अवसर पाएँ ।’

 

एल्बमको तयारीको क्रममा मेन्सनसँग भेट भयो । मिलन एल्बम बजारमा आउँदासम्म दुई मन एक भइसकेको थियो । एल्बमका समावेश गीतहरु ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ लगायतले राम्रै चर्चा पाए । मिलनले राम्रो ‘इन्ट्री’ मारिन् ।

चलचित्र नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’ गीतले उनलाई स्थापित नै गरायो । गायनसँगै मिलनले केही आफ्ना गीतको भिडियोमा मोडलिङ पनि गरेकी छन् । ‘सानैदेखि मोड लिङमा पनि रहर थियो ।

 

त्यही रहर पूरा गर्न केही भिडियोमा देखिएकी हुँ,’ उनले भनिन्, ‘तर अरुको गीतमा मोडलिङ गर्ने योजना भने छैन । पछिल्लो समय रियालीटी शो ट भ्वाइस अफ नेपालमा जज भएपछि उनको चर्चा निकै चुलिएको छ । उनी सामाजिक संजालमा पनि निकै सक्रिया छन् । उनको सिम्पलपन र सुन्दरताको धेरैले तारिफ गर्छन् ।