अन्र्तजातिय प्रेम बिबाह गरेकी जुना कुनै दिन नराम्रो सम्बन्ध थिएन तर श्रीमान हराउनु भयो भन्दै खोजीका लगि रुँदै आइन् मिडियामा

Lifestyle

पोखरा-।

म्याग्दी घर हाल पोखरामा बसोबास गरिरहेकी जुना परियारले ५९ सालमा अन्र्तजातीया प्रेम बिबाह गरिन चामे परियार सँग । असाध्यै माया प्रेम दुबै बिच जुनाका माइती पुन मगर चामे सँग बिहे पछि परियार नै लेख्न थालेकी हुन् ।  बिबाह गरे म्याग्दी बाट मनाङ सम्म साँहुको खच्चर चलाउन ।

काम गरेर जिबिको पार्जन गरेको कुरा जुनाले सुनाइन् ।६३ सालमा श्रीमान हराए पछि उनलाई बज्रपात आइलाग्यो दुइ सन्तान अनि गरिबी उनी ती दिन सम्झन पनि चाहान्न । उनले रुँदा आसु सकिसकेको बताउछिन, यति मात्र कहा होर रु ७० सालमा छालाको क्यान्सर भयो बिदेशमा भएका नेपालीको सहयोगले ठिक भएको बताइन् ।त्यति माया गर्ने श्रीमान यसरी हराउलान भने ।

कहिलै कल्पना गरेकै थिइनन् जुनाले तर अझै झिनो आशा मनमा रहेको बताउछिन । कति ठाँउमा हेराइन ज्योतिषी श्रीमान जीबितै छन फर्केर आउछन् भन्छन  तर १५ बर्ष बित्यो खबर नै छैन । बिहे नै गरेर बसेका छन खुसी छन भन्ने अवर मात्र सुन्न पाए पनि मनलाई शान्ति मिल्थ्यो भन्दै  आफ्नो पिडा यसरी पोखेकी छिन ।

Leave a Reply

Your email address will not be published.