कछुवालाई भाग्यको प्रतिक मानिन्छ ।
बिहान उठ्नासाथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा सफल हुन्छ भन्ने विश्वास रहेको छ ।त्यही भाग्यको प्रतिक कछुवा मात्र यस्तो प्राणी हो विश्वमा सबैभन्दा धेरै आयु भएको जनवार नै यही हो ।अहिले हामीले यहाँ पोष्ट गरेको कछुवा १ सय ९० बर्षको भयो ।यो कछुवा सन् १९३२ मा जन्मेको हो ।
तत्कालिन रानी भिक्टोरियाको राज्या भिषेकको ठिक ५ बर्ष अगाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज ।यसलाई आजसम्मकै सबैभन्दा पुरानो जीवित भूमि जन्तु जनावर भनेर चिनिन्छ । कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो।
प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ।बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ्र उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो।
सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्मबाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्। कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ।