काठमाडौं ।
नेकप एमालेका केन्द्रय सदस्य एवं प्रचार विभागका उपपम्रखु विष्णु रिजालले भएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली को अपरिहार्यता झन्झन् बढिरहेको बताएका छन ।सामाजिक सञ्जालमा देखिएका गलत सूचनाहरूको स्क्रिनसर्ट सेयर गर्दै उनले यस्तो बताएका हुन ।
रिजालले भनेका छन‘समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेकपा (एमाले) को लोकप्रियता र कमरेड केपीओलीको अपरिहार्यता झन्झन् बढिरहेको छ । यस्तो छ रिजालको टिप्पण पार्टीमाथिको प्रहारको प्रतिवाद गरौँ,मुखुण्डो धारीहरुको सशक्त मुकाविला गरौँ,।
नेकपा (एमाले) का विरुद्धमा नक्कली समाचार (फेक न्युज) उत्पादनका कारखानाहरुलाई भ्याईनभ्याई छ । विवाद अरु पार्टीमा छ,समाचार एमालेको आउँछ । मानिसले अरु पार्टी छाडिरहेका छन्, प्रहार एमालेका नेताहरुमाथि गरिन्छ । कहिले इतिहासको विषय भइसकेको १० बुँदेको आत्मा मन्साइ्रन्छ।
कहिले पार्टीभित्र कृत्रिम विवाद सिर्जना गरेर त्यसैलाई‘ग्लोरिफाइ गरिन्छ । समाजलाई भ्रमित पार्नका लागि जतिसुकै कोसिस गरे पनि नेकपा (एमाले) को लोकप्रियता र कमरेड केपी ओलीको अपरिहार्यता झन्झन् बढिरहेको छ ।
हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म नेकपा (एमाले) मा प्रवेश गर्नेहरुको लहर छ । थाहा छैन, यस्ता नक्कली समाचारहरुले । कतिलाई कति दिन आत्मरति दिन्छ ! किनकि, मंसिर ४ अब टाढा छैन । यो पनि हेर्नुहोस चुनाव आएपछि डोटीका नेताले फेरि सम्झिए प्रदेश राजधानीको ।
मुद्द प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा डोटीमा विगतका चुनावमा नेताहरुले गरेको प्रतिवद्धताको चर्चा हुन थालेको छ । विगतका निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नभएकोप्रति डोटीमा आक्रोश बढ्दै गएको छ ।
यस्तैप्रतिवद्धतामध्ये एक थियो सुदूरपश्चिम प्रदेशको राजधानी दिपायललाई बनाउने । नेताहरुले प्रदेश राजधानी दिपायल हुनेमा ढुक्क रहन डोटीबासीलाई आश्वासन दिएका थिए । तर, २०७४ साल माघ ३ गते तत्कालीन सरकारले संविधानको धारा २८८(३) अनुसार प्रदेशको ।
अस्थायी मुकाम कैलालीको धनगढी तोक्यो । त्यसपछि २०७५ साल असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले संविधानको धारा २८८(२) अनुसार प्रदेश राजधानी कैलालीको गोदावरी तोक्यो । ०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नहुँदैदेखि डोटीबासी प्रदेश राजधानीका लागि आन्दोलनरत थिए ।
निर्वाचनताका सबै उम्मेदवारले प्रदेश राजधानी दिपायल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, न अस्थायी मुकाम डोटी तोकियो न राजधानी नै । २०७९ सालको निर्वाचनअघि डोटी आउँदा तीन प्रभावशाली नेताहरुले प्रदेश राजधानी सम्झिएका छन् ।नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर राजधानी सबै कारणले डोटी हुनुपर्ने बताउँछन् ।
कैलालीलाई अस्थायी मुकाम तोक्ने शेरबहादुर देउवा मन्त्रिप रिषदमा बलायर पनि मन्त्री थिए । कैलाली अस्थायी मुकाम तोकिएको विरोधमा डोटीमा आन्दोलन चलिरहँदा उनले अस्थायी मुकाम डोटीनै तोकिने आश्वासन दिएका थिए ।
डोटी जिल्लाका तीन जना माननीयले गोदावरीको पक्षमा किन मत हाले ?’भदौ १५ गते प्रेस युनियनडोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बलायरले भनेका थिए‘उनीहरुले भोट नहालेको भए गोदावरी राजधानीको प्रस्ताव पासै हुने थिएन ।
उनी अझै राजधानी डोटी हुन सक्ने सम्भावना देख्छन् । गोदावरीमा जंगल छ,हाम्रो राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय प्रतिवद्धताले पनि जंगल मासेर संरचना बनाउन दिँदैन’बलायर भन्छन्‘यदि गोदावरीमा राजधानी हुने भए हालसम्म भइसक्थ्यो ।