Friday, June 9
Shadow

म अब समाजसेवामा लाग्छु : महरा

काठमाडौं ।

 

पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई ।

जिताउन आह्वानसमेत गरेका छन् ।दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।

यसअघि दाङ २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि मा ओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

 

महराले आइतबार एक विज्ञप्ति प्रकाशित गरी आफू अब समाजसेवा र पार्टीको काममा सक्रिय भएर लाग्ने बताएका छन् ।