Thursday, December 8
Shadow

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृ त्यु

पाकिस्तानको ।

 

गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृ त्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा भएको उक्त घटनामा एकै ।

परिवारका नौ जनाको मृ त्यु भएको प्रहरीले जनाएको छ ।छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि श व निकालिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्प ताल परीक्षणका निम्ति पुर्‍याएका थिए ।यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

 

दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो ।