शुक्रबार , असार १७, २०७९

प्रेम आले काठ तस्कर हुन्, आफू हीरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेः मंगल थापा

माघ १, २०७८ शनिबार 575

अभियन्ता  ।

मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू हिरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आले काठ तस्कर भएको आरोप लगाउँदै हिरो बन्न निजी क्षेत्रमा काम गर्ने ।

लाई तर्साउन खोजेको बताएका हुन्  आफू हिरो बन्ने नाममा मुलुकमा आतंक फैलाउने र कर्ममा विश्वास गर्ने व्यक्तिहरुलाई जेल हाल्ने तर, भ्रष्टचारीलाई संरक्षण गर्ने यस्ता नालायक मन्त्रीलाई म चुनौति दिन चाहन्छु,’ मंगल थापाले भने,‘तपाई मैदानमा आउनुहोस् वैचारिक, राजनीतिक र हरेक हिसाबमा हामी तपाईंसँग ।

लड्न तयार छौं ।’उनले प्रेम आलेले अनावश्यक क्रियाकलाप गरेर पूर्व मन्त्री योगेश भट्टराईको राजनीतिक छवि बिगार्न खोजेको आरोप लगाए । ‘राम्रो छवि भएका योगेश भट्टराईलाई विवादमा ल्याउन खोजियो । आफु हीरो बन्ने नाममा राम्रो राजनीतिक छबि भएका भएका योगेश भट्टराईमाथि निराधार आरोप लगाएर विवादमा ल्याउन खोजियो,’ उनले भने ।

जनताको हितमा काम गर्ने मान्छेलाई सबैले सहयोग गर्नुपर्ने भन्दै बिना तथ्य मिडियामा वदनाम नगर्न आग्रह गरेका थिए । मन्त्री आलेलाई अवसरवादी नेताको संज्ञा दिदै वन मन्त्री हुँदा आलेले सुदुरपश्चिमका सामुदायिक वन फडानी गरेर ठूलो भ्रष्टचार गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्