Sunday, December 4
Shadow

एकमहिने छोरीलाई छोडेर जापानको आकाशमा अस्ताइन ४२ वर्षे सबिना

नेपालीहरूको।

 

महान पर्वमा सबै रमाईरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीता कुमारी गुरुङ (सविना गुरुङ)को परिवारमा पनि हुनुपर्ने थियो ।तर दुर्भाग्य ८ वर्षपछि आफ़नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुशीको १ महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।

नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्मा केन इसेसाकी नगरमा श्रीमानसंगै ५ वर्षदेखि बस्दै आएकी सबिनाको एक महिना अघि सुत्केरी भएपश्चात् रक्तस्राव भैरहेर र त्यसको शल्यक्रि यामार्फत उपचार गराउदा शनिवार राती ज्यान गएको छ ।

निरन्तर रक्तस्राव नरोकिएको कारण उनको मृत्यु भएको अस्पता लले पारिवारिक स्रोतलाई जानकारी गराएको बुझिएको छ । सुत्केरी भएपश्चात नै निरन्तर रक्तस्राव हुने गरेको र स्थानीय अस्पतालमा उपचार गराइरहेको उनको स्वास्थ्य अवस्था असामान्य बनेपछि गुन्मा ।

यूनिभर्सिटी हस्पिटल लगिएको र शल्यक्रियाको क्रममा सबिनाको ज्यान गएपनि बच्चा( छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली साझा समाज जापानका अध्यक्ष समेत रहेका समाजसेवी बुद्दी शेरचनले जानकारी गराए ।

नेपालमा आमा र बहिनीको प्रतिक्षामा रहेका ११ वर्षीय छोरासहितले सबिनाको जीवित मुहार हेर्न नपाएपनि शवलाई नेपाल लैजाने आवश्यक तयारीमा छौ” श्रीमान युवराजले आइतबार गुन्मा केन इसेसाकी सिटी शव व्यवस्थान गृहमा राखि ।

एको श्रीमतीको अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा भावविहोल हुदै भने विदेशमा यस्तो दुर्भाग्य कसैलाई नपरोस जहा आमाको मुहार चिन्न नपाउदै छोरी टुहुरी भईन ५ वर्षदेखि आमा पर्खिएको छोराले आमाको मात्र शव देख्नु पर्ने भयो ।

सबिनाको अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि गुन्मा क्षेत्रमा रहेका करिब १०० जना नेपालीको उपस्थिति रहेको थियो । उपस्थित सबैका आखा रसाएका थिए भने नवजात शिशु र परिवारको अवस्था सम्झेर धेरै भक्कानिए थिए ।

 

सबिनाको शवलाई नेपाल लैजानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र शुभचिन्तकहरूबाट सामान्य रूपमा आर्थिक संकलन समेत गरिएको समाजका अध्यक्ष शेरचनले जानकारी दिए । जनहित न्युज