Friday, June 9
Shadow

अन्तत सन्दीप लामिछानेको वकीलले खोले मुख, उमेर घटाएर फसाउन खोजेको भन्दै गरे यस्तो खुलाशा (भिडियो सहित)

काठमाडौं, २४ असोज ।

 

प्रहरीको नियन्त्रणमा रहेका नेपाली राष्ट्रिय टिमका क्रिक्रेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि बला’त्कारको आ’रोप लगाउने युवतीको दुइटा जन्मदर्ता भएको दाबी गरिएको छ ।

 

सन्दीपको वकिलको अनुसार सन्दीपले न्यायाधीशसँगको बयानको क्रममा युवतीले आफू १९ वर्ष पुगेको बताउँदै आएको सुनाएका थिए । सन्दीपका वकिलले पी’डित युवती नाबालिग नभएको संचारकर्मीसँग कुरा गर्दै दाबी समेत गरे ।

 

बयानको क्रममा सन्दीपले आफ्नो गोपनियता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचारको बारेमा पनि प्रश्न गरेका थिए । सन्दीपमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि गत २० गतेदेखि गणना हुने गरी सात दिनका म्याद थप्ने अनुमति दिएको छ ।

चार दिन अघि नै प’क्राउ परेपनि सन्दीपलाई सार्वजनिक विदाको कारण अनुसन्धानका लागि म्याद थपिएको थिएन । लामिछानेलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।