Thursday, December 8
Shadow

मङ्सिर 5 देखी देशले मुहार फेर्दै छ हामी मिलेर बिकास गर्छौ

काठमान्डौ।

राजनीति मिल्यो गठबन्धनको सिट बाँडफाँट: माओवादीले पायो यी ४७ क्षेत सत्ता गठबन्धनमा सिट बाँडफाँट करिव सहमति नजिक – मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये जसपा १३, कांग्रेस १२, माओवादी ५ र एकीकृत समाजवादीलाई २ सिटमा भागवन्डा (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

काठमाडौं ।

 

सत्ता गठबन्धन दलले अन्ततः सिट बाँडफाँटमा करिव सहमति जुटाएका छन् । मंगलबार बिहान ८ बजेदेखि कार्यदल तहमा र त्यसपछि ११ बजेपछि गठबन्धनका शीर्ष नेता सहितको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर बसेको बैठकले सिट बाँडफाँटमा करिव सहमति जुटाएको हो ।

तर उनीहरुले दिनभरको छलफलपछि जुटेको सहमतिको पारम्भिक खाकाका विषयमा केही ठोस बताएका छैनन । कार्यदलका एक सदस्यका अनुसार, भोलि (बुधबार) बिहान केही निर्वाचन क्षेत्र यताउता गर्ने ।

विषयमा शीर्ष नेताहरुले एक चरण छलफल गरेपछि सिट भागवन्डा को औपचारिक घोषणा गर्ने तयारी भएको छ ।अब भने सिट बाँड फाँट करिव टुंग्गो लागेको छ । केही जिल्लाका निर्वाचन क्षेत्र यता उता गर्ने या नगर्ने भन्ने विषयमा मात्र सामान्य छलफल पछि औपचारिक रुपमा घोषणा गर्ने ।

गरी अन्तिम निश्कर्ष निस्केको छ,’ ती सदस्यले भने, ‘भोलि बिहान एक चरण शीर्ष नेताहरु बस्नुहुन्छ, त्यसपछि १२ बजेसम्म सिट बाँडफाँट टुंग्गो लगाएर नेताहरुले समानुपातिक सूचीमा रहेर आ – आफनो दलभित्र छलफल गर्नु थाल्नुहुनेछ ।

गठबन्धनका शीर्ष नेता तथा कार्यादलका सदस्यहरु बुधबार बिहान ८ बजेदेखि फेरि प्रधानमन्त्री निवास बालुवाटारमै छलफलमा बस्नेछन् । कार्यदलका अर्का सदस्य तथा जसपाका प्रवक्ता मनिस सुमनका अनुसार, बुधबार शीर्ष नेता र कार्यदल बसेर यसबारेमा टुंगोमा पुग्ने सहमति भएको छ ।

गोरखा आउदा चुनाव जितेर विजय जुलुस मनाएको जस्तो लाग्यो- प्रचण्ड

गोरखा आउदा चुनाव जितेर विजय जुलुस मनाएको जस्तो लाग्यो- प्रचण्ड

‘प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले ०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र ०७४ को समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको छ,’ सुमनले भने, ‘भोलि ८ बजे शीर्ष नेता र कार्यदल बसेर टुंगो लगाइने छ ।’

प्रतिनिधीसभातर्फको भने करिव सवै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको छ । केही जिल्लाका निर्वाचन क्षेत्रमा भने अहिले लगाइएको समझदारी अनुसार क्षेत्र साटफेर गर्ने की भन्नेमा मात्र केन्द्रीत रहेर बुधबार बिहान छलफल हुनेछ ।

गत साउन २० गते सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए । प्रतिनि धीसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते देशैभर एकैचरणमा हुँदैछ ।

उक्त चुनावमा गठबन्धन दलहरुले तालमेल गरेरै लड्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरुले कांग्रेसका तीन र अन्य दलका दुई दुई जना रहने गरी सिट बाँडफाँटका लागि कार्यदल बनाएका थिए । त्यसयताको ५४ दिन गठबन्धनका दलहरुले सिट बाँडफाँटमा समय खर्चेका थिए ।

 

अन्ततः मंगलबार दिनभरको छलफल पछि भने सिट बाँडफाँटमा करिव सहमति जुटाउन नेताहरु सफल भएका हुन् । यधपी, उनीहरुले यस विषयलाई औपचारिक रुपमा सार्वजनिक गरिसकेका छैनन ।