Friday, June 9
Shadow

गोरखा आउदा चुनाव जितेर विजय जुलुस मनाएको जस्तो लाग्यो- प्रचण्ड

काठमाडौँ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले गोरखा-२ मा उम्मेदवारी दर्ता गर्दै गर्दा आफुलाई विजय जुलुस मनाइरहेको जस्तो अनुभव भएको बताएका छन् ।

 

गोरखा-२ मा गठबन्धनको उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेपछि बोल्दै प्रचण्डले गोरखा-२ मा आफुले ठुलो स्वागत पाएको बताउदै आफु विजयी भएको जस्तो अनुभव भएको बताएका हुन् ।

प्रचण्डले भने- ‘म यहाँ आउदै गर्दा निर्वाचनको लागि उम्मेदवार दर्ता गर्न आएको जस्तो लागेन, मलाई निर्वाचन जितेपछिको विजय र्यालीमा आएको जस्तो लाग्यो ।’

प्रचण्डले अब गोरखाबाट देशमा आर्थिक क्रान्तिको शुरुवात गर्ने घोषणा गर्दै डा. बाबुराम भट्टराईसँग एकता हुने समेत घोषणा गरे । प्रचण्डले अब बाबुराम, नारायणकाजी र आफु मिलेपछि नयाँ क्रान्ति गर्ने समेत बताए ।

 

प्रचण्डले अब विकासको नेतृत्व गर्न गोरखा आएको बताउदै आफु गोरखा-२ बाट निर्वाचन लड्नु राजनीतिक रुपमा ठुलो अर्थ रहेको बताए ।