मंगलबार , माघ ११, २०७८

को’रोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु ग’र्भवती

माघ १, २०७८ शनिबार 68

काठमाडौं।

को’रोनाभाइरसका कारण लकडाउन भएर स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु ग’र्भवती भएका घटनाहरु बढेका छन् । अफ्रिकी देश जिम्बाब्बेमा कोरोनाभाइरसको महामारी फैलिएपछि ६ महिनासम्म गरिएको लकडाउनमा धेरै स्कुले बालिकाहरु ग’र्भवती भएको पाइएको हो ।

जिम्बाब्बेको ग्रामीण क्षेत्रमा बस्ने १३ वर्षकी भर्जिनिया मावुंगा ३ महिनाका छोरा त’वनन्याशाकी आमा हुन् । उनको पूरै दिन कुवाबाट पानी ल्याउने, सडकछेउमा फलफुल र तरकारी बेच्ने, खाना बनाउने, सरसफाइ गर्ने, कपडा धुने काममा बित्छ ।

आफ्ना यी कामका बीच भर्जिनिया आफ्ना ४ जना भाइबहिनीलाई स्कुलको लागि तयार पार्छिन् र उनीहरु फर्किएपछि उनहिरुलाई होम वर्क गर्न सनि सहयोग गर्छिन् । आफ्ना भाइबहिनीलाई स्कुलको काममा सघाउँदा भ’र्जिनियालाई सबैभन्दा धेरै पीर पर्छ किनकि अहिले उनी केवल १३ वर्षकी छिन् ।

यो उमेरमा उनी स्कुलमा हुनुपर्ने थियो । भर्जिनिया भन्छिन् ‘अब यही मेरो पूरै जिन्दगी हो ।’ कोभिड महामारीको क्रममा जिम्बाब्बे र अन्य दक्षिणी अफ्रिकी देशमा कम उमेरका किशोरीहरुले गर्भधारण गर्ने क्रममा उच्च वृद्धि देखिएको छ । भर्जिनिया उनै किशोरीमध्ये एक हुन् ।

जिम्बाब्बे लामो समयदेखि कम उमेरका किशोरी ग’र्भवती हुने र बाल विवाहको समस्यासँग जुधिरहेको छ ।रिपोर्टअनुसार कोभिड १९ महामारी सुरु हुनुभन्दा पहिले पनि यहाँ हरेक ३ मध्ये एक किशोरीको विवाह १८ वर्ष नपुग्दै गरिन्थ्यो । किशोरीहरु ग’र्भवती हुने, बाल विवाहका विषयमा कडा कानुन नहुनु,।

गरिबी, सांस्कृतिक र धार्मिक प्रथा जस्ता कैयौं कारणले यस्तो हुने गरेको छ । को-भि’ड म’हामारीले यो स्थितिलाई झनै ख’राब बनाइदिएको छ । डेढ करोड जनसंख्या भएको यो देशमा मार्च २०२० मा कडा लकडाउन लगाइयो र बीचबीचमा छुट दिइयो ।

प्रतिकृया दिनुहोस्