Thursday, December 8
Shadow

विकासका अधुरा काम पूरा गर्नुपर्ने भएकाले उम्मेदवारी दिएँ : लालबाबु पण्डित

नेकपा ।

 

एमालेका नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि सबैको साथ, सहयोगले चुनाव जित्ने बताएका छन् ।

पण्डितले विकास निर्माणका अधुरा काम पूरा गर्नुपर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताए ।मोरङको ६ नम्बर क्षेत्रमा उनले उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उम्मेदवार हुँदैछन् ।

कोइरालाले दिउँसो २ बजे मनोनयन दर्ता गराउने छन् ।२०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरी सांसद भएका थिए ।