मंगलबार , माघ ११, २०७८

आनन्द बतासको खुलासा: देउवा, ओलि, प्रचण्ड सबैलाई पैसा दिएको छु, प्रेम आलेलाई चिन्दिन, जेल हाल्छु (भिडियो सहित)

माघ १, २०७८ शनिबार 56

काठमाडौ।

पंचायती शैलीमा मौखिक रुपमा मन्त्रि प्रेम आलेले दिएको आदेशले नारायणहिटीको संरचना भत्काइएकोमा र सम्झौता अनुसार काम रोकेकोमा सरकार बिरुद अदालत जाने बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले सम्झौता अनुरुप काम गराई पाउ भनेर अदालत जाने बताएका छन्।

पत्रकार ऋषि धमाला संग्गको अन्तर्वार्तामा कानुनि रुपमा आफ्नो काम जायज भएको र पंचायती शैलीमा मौखिक रुपमा मन्त्रि प्रेम आलेले दिएको आदेशले नारायणहिटीको संरचना भत्काइएकोमा र सम्झौता अनुसार काम रोकेकोमा सरकार बिरुद अदालत जाने बताएका छन। बतासले अन्तर्वार्तामा भने, ।

मन्त्रि आलेले मौखिक रुपमा काम रोक्ने कुरा तानाशाही हो, सम्झौता अनुसार मैले काम गरेको छु मेरो गल्ति छ भने कारबाही भोग्न तयार छु तर मैले सम्झौता अनुसार काम गर्नपाउनु पर्छ होइन भने अदालतबाट म न्याय खोज्छु।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न ।

गठित सरकारी समितिले आफूहरूसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन्।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो।

र, उक्त समितिले एकपक्ष आफूहरू (बतास समूह) सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ। ‘जाँच गर्न बनेको समितिले हामीहरूसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन।

प्रतिकृया दिनुहोस्