Sunday, December 4
Shadow

१७ सिट मात्र दिएर हाम्रो अपमान भयो, एमालेसँग सहकार्य गर्छौ- माधब नेपाल

नेकपा एमाले ।

 

विभाजन गरेर बनेको दल नेकपा एसले मन्त्री हेरफेरको पार्टीको निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको मिलेमेतोमा कार्यान्वयन नगराएको भन्दै आपत्ती जनाएको छ ।

आज,भोली पर्सी भन्दा भन्दै नेकपा एसले निर्णय गराएको एक महिना वित्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्री हेरफेर नगरेको भन्दै नेकपा एसले गम्भिर असहमती जनाएको छ ।

काठमाडौँमा जारी एस पार्टीको केन्द्रिय कमिटीको बैठकलेनै यसलाई देउवा र प्रचण्डले गरेको अपमानको रुपमा व्याख्या गरेको छ । नेकपा एसका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अब प्रचण्ड र देउवाको अपमान ।

सह्य नभएको चेतावनी दिएका छन् । अब पनि मन्त्री हेरफेर गरेर नयाँ मन्त्रीलाई सपथ नगराए अपमान गरेको अर्थमा बुझ्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पक मल दहाल प्रचण्डलाई सचेत गराएका छन् ।

शनिवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उपम हासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसकिने बताए । खति वडाले अब शपथग्रहण गराउन ढिला भए ।

नेकपा एसलाई गरिएको अपमानका रूपमा बुझिने भन्दै कांग्रेस र माओवादीभित्रको विवाद मिलाउन नेकपा एसभित्र नखेल्न चेतावनी दिइएको बताए । खतिवडाले नेकपा एसले पठाएका मन्त्रीहरूको सूची हेरफेर नहुने भन्दै मन्त्रीहरूले बुझाएको फरक नामको अर्थ नहुने प्रस्ट पारे ।

नेकपा एसको बैठकले गठबन्धनलाई नै जोड दिँदै पाँच दलबाहिरका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीको उदेश्यनै एमाले हराउँनु रहेको भन्दै।

 

एमाले हराए पछि मात्रै पार्टी विभाजनको औचित्य पुष्टि हुने बताए । बैठकमा नेता झलनाथ खनालले भने एमालेसँग कार्यगत एकता हुन सक्ने भन्दै एमाले अध्यक्ष ओलीलाई राजा महेन्द्र सँग तुलना गरेका थिए ।