Friday, June 9
Shadow

टिकट पाए जित्छु नपाए जिताउछु तर एमाले छोड्दिन- भीम रावल

एमालेबाट ।

 

आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावलले टिकट नपाए चुनाव नलड्ने तर एमाले नछोड्ने बताएका छन् ।।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिबार बिहान नेता रावललाई टेलिफोन गरेर।

अछाम क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । तर नेता रावलले भने टिकट नपाए बरु चुनाव नलड्ने तर एमाले नछोड्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सत्ता गठबन्धनको तर्फबाट अछाम १ नेकपा एकीकृत समाज वादीको भागमा परेको छ । नेपालले सोही क्षेत्र रावललाई दिने प्रस्ताव गरेका हुन् । तर एमाले नेता रावलले सो प्रस्ताव अस्वीकार गरेपछि पूर्व योजना अनुसार ।

 

नै हाल श्रममन्त्री पनि रहेका शेरबहादुर कुँवरलाई उठाउने तयारी गरेको छ । अछाम १ बाट रावललाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।