Sunday, December 4
Shadow

महिलाको इ’ज्जत दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा.अरुणा उप्रेती… २ मिनेट समय दिएर अवश्य पढ्नुहोला:

काठमाडौं ।

 

महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला त्कार गर्छ, महिलाको ‘इज्जत’ लु टिएको ठानिन्छ ।तर जुन पुरुषले अप राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ ।

 

बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो नीसंग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्ता गसंग नगाँसिनु अचम्म होइन र रु राज्यले महिलालाई भने जसरी भए ।

 

पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनीलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ ।त्यही योनीको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’ लुट्योकि भन्ने ठानेर राम चिन्तित थिए ।

महिला बलात्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ?कुनै महिला ब’लात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई ब’लात्कार गर्न प्रेरित गरिन् ।

होलिन समेत भनिन्छ । ‘ब’लात्कृत’ पुरुषले अप राध गर्यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँ जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ