Friday, June 9
Shadow

नारायणी नदी र खोलामा आएको बाढीले पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

कावासोती- अविरल वर्षा पछि ।

 

नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी ।

 

नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

 

त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा अवरुद्ध भएको सडक चालु हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोडने ।

 

कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रवक्ता पाठकले बताउनुभयो । पहाडीक्षेत्र जोडने मुख्यसडकहरु पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घण्टादेखि सडक सम्पर्कबाट विच्छेद भएको छ ।

 

सडक सम्पर्क बिच्छेद भए पछि दसैं मान्न घर गएकाहरु फर्किन पाएका छैनन भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा।

 

सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****