Friday, June 9
Shadow

सन्दीपका बुबाआमा अस्वस्थ, लगेज दाजुले बुझेर लगे

काठमाडौं ।

 

नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अन्तत: प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै उनलाई एक ना’बालिग किशोरीको जोहेरीका आधारमा निय’न्त्रणमा लिएको हो ।

 

करिब एक महिना विदेशमा बिताएका उनी आज बिहान स्वदेश फर्किएका थिए । सन्दीपलाई निय’न्त्रणमा लिनका लागि आज बिहानैदेखि विमानस्थालमा प्रहरीको बाक्लो उपस्थिति थियो । बुधबार आफूलाई बिनाहत’कडी नियन्त्रणमा लिन ।

 

प्रहरीसमक्ष लिखित अनुरोध गरे पनि उनको माग सम्बोधन भएन । यद्यपि सन्दीपलाई लगाएको हतकडीलाई रुमालले छोप्न भने प्रहरीले अनुमति दिएको देखियो । बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेकाले विमानस्थलमा समर्थकको भिड खासै देख्न पाइएन । यद्यपि सामाजिक ।

सञ्जालमार्फत समर्थकले सन्दीपमाथि छानबिन निस्पक्ष हुनुपर्ने माग गरिरहेका छन् । २१ भदौमा एक किशोरीले उनीमाथि बला’त्कारको जोहरी दिएपछि उनका समर्थकका साथै परिवारका सदस्य तनावमा छन् ।

नेपाल प्रेस डटकमका अनुसार सन्दीपविरुद्ध जा’हेरी परेपछि उनका आमाबुबा अस्वस्थ भएका छन् । सन्दीपको घटना सार्वजनिक भएसँगै बुबाआमामा मानसिक प्रभाव परेको छ । उनीहरू दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो ।

सन्दीपका बुबाआमा अहिले चितवनमै छन् ।अस्वस्थताका कारण उनीहरू आज काठमाडौं आउन सकेनन् । सन्दीपका दाजु मोहन लामिछाने भने अहिले भारतबाट काठमाडौं आएका छन् । उनले गौशला प्रहरीवृत्तमा सन्दीपलाई भेटेका थिए ।

 

सन्दीपले ल्याएका लगेज मोहनले नै बुझेर लगेका छन् । उनी मध्यमवर्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् । सन्दीपका बुबा पहिले भारतीय रेल्वेमा काम गर्थे । दाजु मोहन हाल पनि भारतमा कार्यरत छन् ।

उनी भारतको हरियाणामा सानोतिनो व्यवसाय गर्छन् । सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् । सन्दीपका बुबा चन्द्रना रायण भारतीय रेल्वेमा काम गर्थे । जागिरबाट रिटायर्ड भएपछि उनी नेपाल फर्किए । उनीहरूको चितवनको सौराहामा घर छ ।