Thursday, December 8
Shadow

दशैंलाई छोट्याउनुपर्छ- माधवकुमार नेपाल

धर्म निरपेक्ष ।

 

राष्ट्र घोषित देशमा दशैंलाई बढी महत्व दिइएको भन्दै अरु धर्म र सम्प्रदायबाट विरोधका स्वरहरु बेलाबेला उठ्ने गरेका छन्। यसमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको फरक मत छ।

दशैंका कैयौं रमाइला किस्साले उनको जीवनमा हिस्सा जमाएर बसेका छन्। तर, अहिले दशैं अलि लामो लाग्न थालेको छ उनलाई। यसलाई छोट्याउनुपर्ने उनको सुझाव छ।

हिन्दु धर्मकाले दशैंमा धेरै बिदा पाए, हामीले पाएनौं भन्ने तर्क उचित भएको उनको तर्क छ। तर, सबैको सम्मान हुने केही न केही उपायको अबलम्बन गर्न उनी सुझाउँछन्।

 

मानिसको दिनचर्या निकै व्यस्त बनिसकेको छ। काममा जुट्नुपर्ने पनि मानिसका बाध्यता छन्,’ उनको तर्क छ, ‘अब भने दुई दिन, नभए तीन दिनभित्र दशैंलाई सक्न पाए हुन्छ।’ मृत्यु संस्कारदेखि अन्य संस्कारको अवधि पनि छोट्याउनुपर्ने देख्छन् उनी।

गौरमा मुसलमानहरुको झन्डा भन्ने पर्व हुन्छ। त्यसमा पनि नेता नेपाल सधैं रमाइलो गर्थे।दशैं–तिहारमा मुसलमानहरु पनि रमाउँथे। छठमा पहाडिया समुदाय पनि संलग्न हुन्छन्। एकले अर्को धर्म–संस्कारलाई सम्मान गर्न ।

 

सक्यो भने समाज पनि सभ्य र सुसंस्कृत हुने नेपाल बताउँछन्। २०७६ सालको दशैंको अवसर पारेर नेपालसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री नेपाल लाइभ अर्काइभबाट लिइएको हो।