मंगलबार , माघ ११, २०७८

केटाहरुबाट बचाउन’ अबिवाहित १९ वर्षीया छोरीलाई ३ महिने सुई

माघ १, २०७८ शनिबार 42

काठमाडौं ।

रोल्पा थवाङ्की १९ वर्षीया यु वती इस्मीता थापामगर (थर उही नाम परिवर्तित)ले पाँच वर्षदेखि लगातार तीन महिने संगीनी सुई लगाउदै आएकी छन् ।नियत ठीक नभएका पुरुषहरुबाट जोगाउन ती युवतीलाई उनकै परिवारले गर्भ।

नि रोधक सुई लगाउने गरेको हो ।मानसिक रुपमा अ पा ङ्ग ता भएकी इस्मीता अबिवाहित युवती हुन् । मनस्थिती स्थीर नभएका कारण ती युवती आफूखुसी बाहीर हिड्न थालेपछि बा ध्य ताले अबिवाहित छोरीको शरिरमा ग र्भ नि रो ध क सुई प्रयोग गर्नुपरेको आमा बताउछिन् ।

इस्मीताको परिवारले अरुकै घरमा मजदुरी गरेर रोजीरोटी गर्दै आएको छ ।‘म बिहानैदेखि दिनभरी काममा जान्छु’ इस्मीताकी आमाले भनिन्, ‘बेलुका घरमा आउदा छोरी हुदीनन् ।’ छोरी खोज्दै गाउँभरी चहार्नुपर्ने र यस्तो समय ‘ग ल त नियतका पुरुषबाट हुन सक्ने ख त रा टार्न सुईको।

साहरा लिनुपरेको आमा बताउछिन् ।आफ्नो दिसा, पिसाप र महिना वारीसमेत सम्हाल्न नसक्ने छोरीको मन दु खा ए रै भएपनि अबि वाहित अवस्थामै तीन महिने सुई प्रयोग गराएको आमाको भनाई छ । उनको परिवारमा आमासँगै तीन सन्तान (छोरी) मात्र रहदै आएका छन् ।

अघिल्लो वर्ष एक पटक सुई लगाउन छुटेको बेला इस्मीताको पेटमा गर्भ बसेको थियो । समयमै थाहा भएकाले नजिकैको स्वास्थ्य संस्थामा गएर गर्भ प त न गराउनुपर्ने अवस्था आएदेखि लगातार अहिलेसम्म पनि बच्चा रहन नदिने सुई लगाउदै आएको आमाले सुनाइन् ।

प्रतिकृया दिनुहोस्