Thursday, December 8
Shadow

बुवालाई फोन गरेर ‘एउटा भाले पनि काट्नु, भात खानेगरी आउँछु’ भनेका युवक मृत भेटिएपछि…

ताप्लेजुङ ।

 

ताप्लेजुङमा एक युवक मृत भेटिएका छन् । मिक्वाखोला गाउँपालि का–१ का २४ वर्षीय विनोद कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

तेल्लावङ कन्स्ट्रक्सनमा एक्स्काभेटर चलाउने विनोद बुधबार दिउँसो दोभानबाट घर जाने भनेर हिँडेको कम्पनीका प्रबन्धक टंक खतिवडाले बताए । खतिवडाका अनुसार विनोदले बेलुका ६ बजे हान्द्रुङबाट बुवालाई फोन गरेर ।

 

एउटा भाले पनि काट्नु, भात खानेगरी आउँछु’ भनेका थिए ।बेलुका अबेरसम्म पनि घर नआइपुगेपछि बुवाले छोरालाई फोन गरेका थिए । फोन नलागेपछि उनीहरू छोराको खोजीमा लागेका थिए ।

उनीहरूले खोसार्ने भन्ने स्थानमा झोला भेटिएपछि अरु गाउँलेलाई खबर गरेका थिए । गाउँलेसमेत मिलेर खोजी गर्दा विनोदको शव त्यहाँबाट करिब डेढ समय मिटर तल भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार दोभान इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा छ ।

 

प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ,’ कार्कीले भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****