Sunday, December 4
Shadow

अलिकति खुशी दिएको पर’देशले आखिरीमा रुवाई छा’ड्यो ! यस्तो कसैलाई नपरोस्

अलिकति खुशी दिएको पर’देशले आखिरीमा रुवाई छा’ड्यो !

बेडमा लमतन्न परेका आफ्ना श्रीमान्को अनुहार हेर्दै बित्दैछ
काठमाण्डौको शंखमूल ओरालो कटे’पछि आउँछ आयुष अस्प’ताल अस्पतालको कोठा नम्बर तीन ।

 

बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनु’भएको छ काभ्रे रोशी गाउँ’पालिकाकी बसन्ती तामाङ । टेबुलमा औषधिहरु छरिएका छन् ।

फ्राइबिनमा झोलिलो खानेकुरा छ ।राम’बहादुरको नाकमा लगाइए को मसिनो पाइप’बाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँ’लाई थेरापीको काम गरेको छ । आँखा खुल्ला छन् ।

कतिबेला निभाउनु’हुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हात’खुट्टा चल’मलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।साउदी’अरबको गर्मी ।

 

घर फर्किने दिन नजिकिँदै गर्दा राम’बहादुरलाई लागेको थियो अब यो मरु’भूमिमा फर्केर आइन्छ आइन्न । जाने’बेला केही समय घुमौँ । सपिङ गरौँ ।

 

आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइ’सक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनु’पर्छ ।