Friday, June 9
Shadow

बिदेशीएकाले हेर्नै पर्ने : साउदीको एअरपोर्टमा बंगा”लीले यसरी लु”ट्यो मेरो २ सय रियाल

२० तारिकमा म साउदी पुगेको थिए । साउदीको अल बवानी कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको काम गर्नको लागी म त्याँहा पुगेको थिए । सुरुमा त साउदीको कानुन निकै कडा छ रे भनेको सुनेर निकै डर पनि लाग्यो ।

 

पहिला मलेशिया ३ वर्ष बसेर साउदी छि”रेको म साउदीको हावापानी, रहनसहन, कानुन लगायत सम्पूर्ण कुरामा अन्जान थिए । साउदीको एअरपोर्टमा त ” झुक्याएर अर्कै मान्छेले लैजान्छ रे, मरुभुमीमा भेडा चराउन लैजान्छ रे” लगायत कुरा नेपालमा निकै सुनिन्थ्यो ।एअरपोर्टमा निकै ड”र पनि लाग्यो ।

 

हामीलाई लिन ईन्डियन आएको रहेछ, त्यसैले अलि ढुक्क भैयो । कम्पनीमा पुगेर राम्रै संग काममा पनि लागियो । रियादको किंग अबदुल्ला फईनान्न्सियल डिस्ट्रिक्ट (KAFD) मा बन्दै गरेका सयौ भवन मध्ये हाम्रो कम्पनीले २ वटा भवन बनाउने ठेक्क्का पाएको रहेछ । मेरो डकुमेन्ट कन्ट्रोलर ड्युटी पनि त्यँही सुरु भयो।

 

फिलिपिनो ईन्जिनियरहरु संग बसेर काम गर्नु पर्ने, बसाई चै रियादको बथा नजिकै सुमेसी भन्ने ठाउँमा थियो ।साउदीको बसाई खासै रुचिरहेको थिएन । रम्बल ( बालुवा ) उडेर कुहिरो लागेको जस्तै हुने । एसी लगाएर चिसो रुममा सुत्दा भोली बिहान मरिरहेको हुन्छु कि जस्तो पनि लाग्ने ।

 

तुरुन्त घर फर्किन नखोजेको पनि हैन, कम्पनीले ५ हजार रियाल तिरेर जा भनेपछि सम्झौता अनुसारको २ वर्ष नबसी सुख पाईएन । एसी नलगाई बस्न नसकिने । मेलामा लगेको गोरु जस्तै जिन्दगी । उठ्यो डिउटी गयो आयो पकायो खायो, भोली फेरी उही दैनिकी । सारो पट्यार लाग्ने ।

 

बिदाको दिन घुम्न जाउँ भने कता जानु ? बाहिर एकैचोटी ३ ओटा सुर्य उदाए जस्तै घाम चर्केको छ । यस्तै  दिन गुजार्दै बल्ल बल्ल २ वर्ष विते ।जसो तसो घर फर्कने दिन आयो । सपिंग गरेर लगेज तयार गरें । फ्लाई दुबईको टिकट थियो । ३० केजी लगेज र ७ केजी ह्याण्डब्याग लैजान पाईने ।

 

सामान हाल्दा दाल्दै ह्याण्ड ब्याग १४/१५ किलोको बन्यो । एअरपोर्टमा छिरेपछि लगेज जोख्ने ठाउँमा पुगियो, लगेज रुममै जोखेर ल्याएको थिए, कुनै समस्या परेन । ह्याण्डब्याग चै अलिक भारी भएकोले समस्या पर्नेमा चिन्तित थिए । बोर्डिंग गर्ने बेला आयो । ह्याण्डब्याग  कसरी छिराउने भन्नेमा चिन्तित थिए ।बोर्डिंग पास लिएर भित्र छिर्न लागेको थिए ।

 

ढोकामा बसेको फ्लाई दुबईको कर्मचारीले रोक्यो । झोला ठुलो छ घटाएर लेउ भन्न थाल्यो । म संग ह्याण्डब्याग बाहेक एउटा ल्यापटप र क्यामेरा ब्याग पनि थिए । मेरो झोला तुम्बा देखेर त्यो मान्छे तर्सियो । त्यो बंगाली नागरिक रहेछ । सबै सामान उत्तिकै महत्वपूर्ण छ के फाल्नु के लानु ? बडो समस्यामा परियो ।

 

केहि कपडा र चकलेट फाल्ने तयारी गरें । त्यो देखेर त्यहि काम गर्ने क्लिनर बंगालीले आएर दुई सय रियाल दिए छिराईदिने कुरा गर्यो । घुस मागेको देखेर रिस उठ्यो, तर अर्काको देश, के नै गर्न सकिन्थ्यो र ?मैले घुस नदिने निर्णय लिए । एकजोर कपडा र एक किलो जति खजुर डस्टबिनमा हालेर गए ।

 

ढोकामा बसेको बंगालीले ब्याग  लगेर जोख्यो । अझै १३.५ केजी छ । मलाई तनाब भयो । अब फाल्ने सामा पनि थिएन । पैसा तिरौ भने मैले घर पुग्ने भाडा राखेर बाँकी पैसा घरमा आईएमि गरिसकेको थिएँ ।

 

मेरो खल्तीमा जम्मा ३ सय रियाल, नेपाली दसहजार जति थियो । बंगालीले छिर्न दिएन । अरु सबै छिरे । अब पैसा नतिरी सुख पाईएन । अलि कम गर भनेको ज्यान गए मानेन । अप्ठेरोमा पारेर पेलिरह्यो ।