Sunday, December 4
Shadow

बुवाले खुदो बेचेर पढाएका ६ छोराहरु दुई भाई सिडियो ४ भाइ हाकिम

गुल्मीको विक बलेटक्सार गाविस–८ ।

 

(हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अवस्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्नेबाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् ।

 

आफ्नो इच्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने पन्थको अठोट थियो । त्यो समयमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् ।गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो ।

साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए ।

 

छोराहरू सबै पढाइमा अब्बल भएर निस्किए ।सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले ।

रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।पन्थको सपनासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् ।

सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले ।जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ ।

त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला ।

 

प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?