शुक्रबार , असार १७, २०७९

माओवादीले बन्द गराएको विमानस्थल प्रेम आलेले दुई दशकपछि चलाएर छाडे

पुष ३०, २०७८ शुक्रबार 248

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको जनयुद्ध अगाडि आफ्नै गतिमा चलिरहेको थियो कञ्चनपुरको मझगाउँ विमानस्थल । भारतीय धार्मिक पर्यटकसमेत मझगाउँ एयरपोर्टबाट जहाज चढेर पशुपति दर्शन गर्न काठमाडौं आउँथे ।

तर जब जनयुद्ध सुरु भएसँगै माओवादीले एयरपोर्ट नै बन्द गराए । माओवादी शान्ति प्रक्रियामा आयो, पटक पटक सरकारमा गयो, तर विमानस्थल चलाएन । निरीक्षण, परीक्षण उडानका नाममा माओवादी का मन्त्रीले बजेट भने थुप्रै उडाए ।

तर अहिले गफभन्दा काममा सक्रिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बजेटमात्र छुट्याएनन् मझगाउँ विमान स्थल सञ्चालनमै ल्याउन कस्सिएका छन् ।दुई दशकदेखि थन्किए को विमास्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिलान्यास गरे ।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनः निर्माण हुने भएको छ ।मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन् । नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ ।

निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकु  लेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो ।

प्रतिकृया दिनुहोस्