Thursday, December 8
Shadow

चर्चामा ” आयो दशैं ‘ए परदेशी’ ( भिडियो )

गायिका शान्तीश्री ।

 

परियार र गायक ऋषि खड्काको स्वरमा रहेको “आयो दशैं ए परदेशी” बोलको दसैं गीत यतिबेला चर्चामा छ । गीत बजारमा आएको छोटो समयमा नै गीतलाइ युट्युवमा दशलाख भन्दा बढिपटक हेरिएको छ।

सुनिल लामिछानेको शब्द र ऋषि खड्काको लय सृजनामा तयार पारिएको उक्त गीतलाई बजार व्यवस्थापन ” गोरखा चौतारी म्युजिक”ले गरेको छ ।परदेश र घरदेशको कथा समेटिएको उक्त गीतले नेपाली युवाको कथा बोकेको छ ।

 

गीतका हरेक शब्दले परदेशीको कथालाई समेटेको देखिन्छ । गीतको भिडियोमा एउटा युवा बिहे गरेको केही समयमै आफूले माया गरेको श्रीमती ,घरपरिवारलाई चटक्कै छोडेर मुटु गाँठो पारेर परदेश पस्न बाध्य हुनुको पीडालाई दर्शाइएको छ ।

 

भिडियोमा सुनिल लामिछाने र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन भने देवेन्द्र पाण्डेले निर्देशन, हरी हुमागाईंले छायांकन र प्रवीण भट्टले सम्पादन गरेका छन ।पुरा भिडियो हेर्नुहोस्।