मंगलबार , माघ ११, २०७८

विमानस्थलमा मन्त्री आलेकाे छड्के चेक : ५० लाख रुपैयाँ सहित १ पक्राउ, धेरै दलालकाे भागाभाग

पुष ३०, २०७८ शुक्रबार 101

त्रिभुवन अन्तर्राष्ट्रिय ।

विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी छिन् ।शनिबार विराटनगरबाट काठमाडौं आउँदै गरेको विमानमा अवैध रकम राखिएको भन्ने सूचनाका आधारमा विमानस्थल प्रहरीले एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई ।

रकमसहित पक्राउ गरिएको हो ।नेपाल प्रहरीका अनुसार एयर लाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत पोखरेललाई रकमसहित थप अनुसन्धानका लागि राजश्व अनुस न्धान विभाग पठाइएको छ ।

सौर्यका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरी झोला राखेको भन्ने सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । जाँच गर्दा रातो मेलब्यागभित्र चाउचाउको कार्टुनमा ५० लाख रुपैयाँ फेला परेको थियो ।

बुद्धिजीवी को हुन् ?सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई बुद्धिजीवी भन्न सकिएला ।

पुस १८, २०७८ वीणा झाप्रायः विभिन्न सामाजिक अवस्थाको निर्माण र तिनले पार्ने प्रभावहरूबारे गरिने विश्लेषण र छलफ लहरूमा, आशा र अपेक्षाका साथ प्रयोग गरिने ‘बुद्धिजीवी’ शब्दको खपत बढ्दो छ ।

जबजब समाज सकसमा हुन्छ, त्यति बेला बुद्धिजीवीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको आरोप पनि लगाउने गरिन्छ । तर ‘बुद्धिजीवी’ भनेका को हुन् त ? विश्वका विभिन्न उत्कृष्ट विश्वविद्यालयबाट प्रमाणपत्र हासिल गरेका र प्राप्त ज्ञानलाई आफू र आफ्नाका अनुकूलता अनुसार प्रयोग गर्ने ।

जमात ?शैक्षिक प्रमाणपत्रको चाङ कम भए पनि आफ्नो पेसामा आबद्ध अनुभवले निखारिएको समूह ? अथवा, ती व्यक्तिहरू जसले शक्तिलाई रिझाउन सकेका हुन्छन् र आफ्ना विचारहरू विभिन्न माध्यममार्फत निरन्तर प्रवाह गर्दै समाजलाई प्रभावित पारिराखेका हुन्छन् ? कसलाई मान्ने बुद्धिजीवी ? ।

विचारले समाज डोर्‍याउँछ । र विचारहरू समाजमै निर्मित हुन्छन् जसमा बुद्धिजीवी वर्गको भूमिका गहन हुन्छ । राज्यसँग हस्त क्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने चरित्रकै कारण बुद्धिजीवीलाई अन्य व्यक्तित्वभन्दा विशिष्ट ठानिने मान्यता समाजमा स्थापित छ ।

अमेरिकी बौद्धिक नोम चोम्स्कीले बुद्धिजीवीहरूको उत्तरदायित्वलाई लिएर भनेका छन्, ‘सत्य बताउनु र झुटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो ।’

प्रतिकृया दिनुहोस्