Thursday, March 30
Shadow

एमसिसी पास भयो ,अब नेपालीहरु रोजगारीको लागि बिदेशी को गुलामी हुन जानुपर्ने छैन : गगन थापा

काठमाडौं ।

 

अमेरिकाले नेपालको संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट अनुमोदनलाई स्वागत गरेको छ।अमेरिकाले एमसिसी अनुमोदनका कारण नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, ।

विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने जनाएको छ ।संसदीय अनुमोदनका लागि शीर्ष नेताहरुलाई कूटनीतिक दबाब दिँदै आएको अमेरिकाले नेपालको सार्वभौम लोकतान्त्रिक निणर्य भन्दै प्रशन्नता व्यक्त गरेको छ।

हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निणर्यका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ।

नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ।

‘अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ।२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने।

 

आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो