स्वर्गिय श्रीमतीको सम्झनामा मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे मनै रुवाउने यो गीत (हेर्नुस् भिडियो) ।
मदनकृष्णर यशोदाको भेट २०२६ सालमा भएको थियो। मदन कृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो।
महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा। हरेक पौष १४ गति बढीनै भावुक बन्छन् मदन कृष्ण हाँस्य कलाकार मदन`कृष्ण श्रेष्ठको जिव नमा केही वर्ष अघि सम्म आजको दिन निकै उल्लासमय हुन्थ्यो । तर उनी निरास छन् ।
पौष १४ गते श्रेष्ठको जिवनसंगीनीको जन्मदिन । तर मदनलाई उन को श्रीमतीले संधैका लागि छोडेर यो संसारवाट विदा भइन् । तर पनि मदनले आफ्नो श्रीमतीको जन्मदिन याद गर्ने गरेका छन् । सामा जिक सञ्जाल फेसवुकमा निकै भावुक शब्द लेखेर मदनकृष्णले श्रीम`तीको जन्मदिन सम्झिन्छन् ।
उनीले २०७७ सालमा लेखेका थिए, आज पौष १४ गते मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्स`ब मनाई`रहेका हुन्थ्यौँ संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारी`मा उभिए`र रमाई ।
रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । एक दिन पोखराबाट सुप्रसिध्द गीतकार ।
श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, ‘मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है’ गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन ।
यमनले त झन तुरुन्त संगीतै भरीदियो । हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थाली`सकेको छ । तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठ को संगीतमा एउटा यो गीत गाएर ।
महसंचारको यु्ट्यूबमा राखेकोछु । मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीतलाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरी`दिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस ।
यो नयाँ गीतको सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चररर…