Thursday, December 8
Shadow

एमसीसीको कारण ढुंगामुढा हुने डर ले गाउँ नै जाननसक्ने अवस्था आयो भोट माग्न जान पनि डर भयो। ,डा बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम ।

 

भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् ।आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन् ।

 

भट्टराईले एकमतले एमसीसी पारित गर्नका लागि आवश्यक कदम चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘सबै हिसाबले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, अनुदान सहयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यसतर्फ हामीले ध्यान दिऊँ ।

 

प्रमुख प्रतिपक्षसँग पनि मेरो आग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतलेभट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे ।

 

उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाएको पातलो लगौटी भएको टिप्पणी गरे । भट्टराईले भने, ‘मलाई खुशी लागेको छ कतिपय हाम्रा मित्रहरुले भर्खरै एउटा समझदारी गर्नुभएको छ भन्ने मैले सुनेको छु ।

 

व्याख्यात्मक टिप्पणीमार्फत् जो उहाँहरुले हिजो तल तलसम्म विषाक्त बनाउनुभयो,