Tuesday, November 29
Shadow

सोचेको पुरा हुने ठाँउ : नौमुले तिर्थस्थल |

सोचेको पुरा हुने ठाँउ ।

नौमुले तिर्थस्थल (ओझेलमा मालिकाबोताका धार्मिक तथा पर्यटकीय स्थल)जुम्ला, साउन :हेर्दा अत्यन्तै रमणीय छ कनका सुन्दरीगाउँपालिका-२ मा रहेको मालिका बोतागाउँको नौमुले तिर्थस्थल । गाउँको शीरमा रहेको पर्यटकीय क्षेत्र प्रचारप्रसार तथा पूर्वाधार विकास अभावमा भने ओझेलमा छ । नौ वटा धारा ‘नौमुले’ नामले समेत परिचित तीर्थस्थल कनका सुन्दरीगाउँपालिका-२ मा रहेको रोथ भन्ने स्थानमा छ ।

पूर्व वडाध्यक्ष शेरबहादुर रावतले पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षणमा केही काम भए पनि पर्याप्त नभएकाे बताए । उनले वडा अध्यक्ष हुँदा केही भवन र धारा व्यवस्थित बनाएकाे बताए । उनले भने, ‘प्रकृतिको अपार सुन्दरताले भरीपूर्ण रोथ चौर र नौमुले तीर्थस्थल पुग्ने जो कोही यहाँकाे सुन्दरतामा रुमलिन पुग्छ। नौमुलेका नौ धारा, रोथचौरमा बग्दै गरेको पानीले पर्यटकलाई लाेभ्याउँछ नै ।

वर्षायाममा यसको पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्य देखिन्छ ।मालिकाबोताका ७० वर्षीय आकासी रावत नाैमुले यस क्षेत्रकै तीर्थस्थल भएकाे बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिरको नाम पहिले रुपाभवानी थियाे । माथीपट्टी रोथचौर थियो त्यस कारण रुपाभवानी नाम राखिएको हाे । अहिले त्यो मन्दिरको नाम परिमार्जन गरेर नौमुले तीर्थस्थल राखिएको छ ।’