Thursday, December 8
Shadow

हार्दिक बधाई: नेपाली छोरी बनिन् यूकेमा वकिल

भूतपूर्व ब्रिटिश ।

 

गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० बर्ष सैनिक सेवा पार गरेर ।

 

अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् । हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् ।

हाल ‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसिटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन् । १० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी ।

 

रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ बर्ष काठमाण्डौंमा बिताइन् र सन् २००० मा बेलायत पुगेकी हुन् । रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन् । डा। जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् ।

 

डा। जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे ९कोलोरेक्टल सर्जन०को तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा ९प्रथम श्रेणी० डिग्री हासिल गरेकी थिईन् ।

 

त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स ९एलपिसी० गरेकी उनले अर्को बर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी छन् ।

 

लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स गरेकी छन् । छोरी रेबेका सोलिसिटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ ।

दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पुरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए । ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ । र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने ।

 

अबसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्या सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ । आज त्यो सबै पुरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु ।’