Monday, June 5
Shadow

सुटुक्क वैवाहिक बन्धनमा बाँधिए कमल खत्री र मेलिना मैनाली

काठमाडौं ।

 

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् । खत्रीले विवाहपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् । जीवनका हरेक उतारचढावमा सदैव एकअर्कालाई साथ दिने बाचा उनीहरूको छ ।

 

केही हप्ता पहिले इन्गेज्मेन्ट गरेका दुवै जना आजबाट वैवाहिक बन्धनमा बाँधिएका छौँ । छर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाह गरेका हौँ । बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरुवात गरेका छौँ,’ खत्रीले भनेका छन् ।

 

उनले अगाडि लेखेका छन्, ‘जीवनका हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौँ ।खत्री र मैनालीले गत भदौ २६ गते इन्गेज्मेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

 

तर, उनीहरूले सम्बन्धबारे इन्गेज्मेन्टभन्दा अगाडि सार्वजनिक गरेका थिएनन् । खत्री र मैनालीले चर्चित ‘म गीत हुँ तिम्रो’, ‘गुनगुनाउने बानी’लगायत गीतमा स्वर दिएका छन् । केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आज बाट वैवाहिक बन्धनमा बाधिएका छौ ।

घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौ,विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौ।

 

जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा बिजया दशमि सुभ कामना Lots of love