Thursday, December 8
Shadow

काे हुन् ‘द भ्वाइस’ अमेरिकामा चर्चित परिजिता बास्तोला ? कहाँ हो उनको नेपाल घर ? (तस्वीरहरु)

बेलायतको  ।

 

चर्चित डेलिमेलले अडिसनको बारेमा समाचार प्रस्तुत गर्दा मुख्य शीर्षक नै परिजिताको बनाएको छ ।उसले शीर्षकमै ‘परिजिता शोमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली अमेरिकन भएको र जन लिजेण्डलाई कोचको रुपमा छनौट गरेको’ उल्लेख छ ।

‘पहिलो नेपाली अमेरिकनका रुपमा द भ्वाइसमा प्रतिष्पर्धा गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको’ भन्ने परिजिताको भनाइ पनि डेली मेलले समाचारमा उल्लेख गरेको छ ।

त्यसैगरी विलबोर्डले शक्तिशाली प्रस्तुति भन्दै ‘नेपाली अमेरिकन किशोरी परिजिताको गायकीबाट जजहरु छक्क परेको’ उल्लेख गरेको छ ।

परिजिताको यो प्रस्तुति र उनले आफू नेपाली अमेरिकन भएको भन्ने भनाइले संसारका चर्चित मिडियाहरुमा स्थान पाउँदा नेपाललाई चिनाएको छ ।परिजिता बांस्तोला अमेरिकाको मेरिल्याण्डमै जन्मेकी हुन् ।

पिता पंकज बास्तोला र माता बिरा बास्तोलाकी कान्छी सन्तान हुन् उनी । हाल मेरिल्याण्डको सेभेर्ना पार्क भन्ने स्थानमा बसोबास गर्दै आएको बास्तोला परिवार नेपालको झापाबाट २५ बर्षजति अघि अमेरिका आइपुगेको हो । शुरुमा यो परिवार मेरिल्याण्डको टाउसनमा बसोवास गर्दथ्यो ।

उनीहरु नेपालको झापा कप्तानवाडी, शनिश्चरेबाट अमेरिका आएका थिए ।हाल मेरिल्याण्डको सेभेर्ना पार्कस्थित सेभेर्ना पार्क हाइस्कू लमा कक्षा १२ मा पढ्ने परिजिता सानैदेखि गीत गाउने गर्थिन् । परिजिताकी आमा बिरा बास्तोलाले डिसी नेपालसँग भनिन्,।

 

‘परिले चारबर्षकै उमेरमा गाएको गीत त्यसबेला रेकर्ड गरेर राखेका छौं । त्यसयता उनी म्युजिकमै रमाउंदै आएकी छिन् । म्युजिक नै उनको जीवन हो ।’