Tuesday, November 29
Shadow

हर्क साम्पाङले पार्टीको काम गर्ने कर्मचारीहरुलाई गरिदिए बर्खास्त

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक फेसबुक स्टाटस लेख्छन् । उनका फेसबुक स्टाटसबाट धरानमा मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेत सचेत हुन्छन् । हर्क साम्पाङले छोटो समयमै देखिने गरी परिवर्तन गर्न थालेका छन् ।

आफुलाई कुल्ली मेयर भन्दै जनतासँगनै घुलमिल गरिरहेका साम्पाङले श्रमदानका लागी एकै पटक धराने जनतालाई सँगै लिएर हिँडेका मात्रै छैनन् नगरपालिका भित्रको आन्तरिक सुधारका लागी पनि पर्याप्त कदम चालिरहेका छन् । उनको कामको रिजल्ट देखिन थालेको छ ।

साम्पाङले सुधारको सुरुवात नगरपालिका भित्रै बाट गर्न थालेका छन् । यस अघि राजनितीक पार्टीबाट मेयर भएकाहरुले करार कर्मचारीको रुपमा भर्ती गराएका राजनितीक पार्टीका कार्यकर्तालाई नगरपालिकाबाट धमाधम जागिरबाट निकाल्न थालिएको छ ।

काम नगर्ने कर्मचारीलाई हटाइने छ भन्दै सार्वजनिक रुपमै उद्घोष गरेर काम थालेका साम्पाङले धमाधम दलका कार्यकर्ता भएकै कारण नियुक्ती लिएर बसेकाहरुलाई हटाउँन थालेका छन् । उनको यस्तो कदमले जागिर खाएर जागिर खोसिँदा तनाव भएकाहरु रिसाएका छन् तर जनताहरु भने खुशि देखिएका छन् ।

राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको ।

उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन। धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए।