Sunday, December 4
Shadow

चुनावपछि श्रीपेचसहित राजालाई दरबार भित्र्याउछौं – अध्यक्ष राजेन्द्र लिङदेन

असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनाव बाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणाकार्यक्र ममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विक ल्प रहेको दावी गरे ।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहे को मतदाताको नजरमा राप्रपा परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् ।

भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे ।राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए ।

हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने । लिङ्देनले पार्टीका नेता कार्यकर्ता लाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् ।

उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरे । राप्रपासँग एकतापछि मिश्रले भने- ‘पार्टीभित्र बखेडा झिक्दैनौं’।

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व र विवाद गर्न नहुने सिकाइ भएको उनले संकेत गरेका थिए ।

 

साथै क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताएका थिए । ‘हामी पार्टीमा बखेडा झिक्दैनौं । मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ । जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन,’ नेता मिश्रले भनेका छन् ।

नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेन को प्रसंग निकाल्दै उनले नेताको व्यक्तित्वलाई प्रचार गर्नु आवश्यक रहेको बताएका थिए । विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै ।

बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए । यसयसैबीच नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् ।

जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले ‘ल्यान्ड पावर’ भन्ने गरेको उनको भनाइ थियो । मिश्रले नेपालको पछिल्लो राजनीति विकृत बन्नुको पछाडि ‘वामवाद’ र धर्मान्तरको प्रमुख भूमिका रहेको आरोप लगाएका थिए ।

‘वामवाद’ले गर्दा सौहार्दपूर्ण रुपमा बसेको समाजलाई विकृत बनाएको र जातजातिलाई विभाजित गर्ने काम गरेको पनि उनले आरोप लगाए । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा शंख-घण्ट बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता भएको छ ।

 

विवेकशील साझा पार्टी बाट राजीनामा दिएपछि मिश्रले आफू निकट समूहलाई राप्रपासँग एकता गराएका हुन् । बुधबार एकता घोषणा सभाबाट मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।