Sunday, December 4
Shadow

मलाई प्रधानमन्त्री बनाइदिनुहोस्, त्यस्को नतिजा म देखाइदिन्छु – माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) ।

 

का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले ।

संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिए अनुसार नभएको बताउनुभएको हो ।उहाँले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताउनुभयो ।

देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालकाे भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन ।

 

राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन ।