Tuesday, November 29
Shadow

उपमेयर सुनिता डंगोलको नयाँ अवतार, जादुगर शैलीमा गरिन नसोचेकै १५ चमत्कार

काठमाडौं ।

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल यतिबेला चर्चाको शिखरमा छिन । मेयर बालेन्द्र शाहको चर्चा हुँदै गर्दा एकाएक डंगोलको पनि चर्चा शुरु भएको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र बाट मेयरमा उम्मेदवारी दिने  ।

घोषणा गरेक्वे डंगोल पछि एमालेमा प्रवेश गरेर उपमेयरमा उम्मेद वारी दिएकी थिइन । लोकप्रिय मत ल्याएर बिजय भएकी डंगोल अर्का स्वतन्त्र मेयर बालेन शाहको अगाडि त्यति चर्चित नभएपनी उनको माहोल अरु उम्मेदवार भन्दा ।

निकै उत्साहजनक थियो ।चमत्कारिक रुपमा मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोलले चुनाव जितेपछि दुबै जनाको निकै चर्चा भैरहेको छ । काठमाडौं बासीले पार्टी भन्दा युवाहरु रोजेको भनेर सहजै आँकलन गर्न सकिन्छ ।

यदि पार्टी हेरेको भए सुनिताले चुनाव जित्ने तर एमालेका केशव स्थापितले चुनाव हार्नु पर्ने थिएन । यो पटक युवाहरुलाई नै अवसर दिएको बुझिन्छ । चुनावपछि बालेनको निकै चर्चा भयो तर उपमेयर कता कता हराएक्क जस्तो महोल खडा भएको थियो ।

उनले एउटा अन्तर्वार्तामा बरु एमाले परित्याग गर्ने तर बालेनलाई साथ दिने भनेदेखी उनको चर्चा फेरि शुरु हुन थालेको हो । उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।

मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ ।

भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।

सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।

फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।

पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पका लिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने ।

 

र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।