Sunday, December 4
Shadow

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

काठमाडौं।

युट्युब, टिकटक र फेसबुकमा भिडिओहरू हेर्नुहुन्छ भने ‘भेल्लु बाजे’लाई चिन्नुभएकै होला। सामाजिक सञ्जालमा धेरै हेरिनेमध्ये एक पात्र हुन् प्युठान जुम्रिकाडाँ घर भएका ६२ वर्षीय मीनबहादुर बुढा, अर्थात् भेल्लुबाजे।

स्थानीय लवज र हक्की स्वभावमा ख्यालठट्टा गर्ने ‘भेल्लुबाजे’को बोल्ने शैलीलाई कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाउँछन्।

दर्शकले मन पराएर लाखौँ भ्युज आउन थालेपछि उनको घरमा युट्युबरको ओइरो लाग्दैआएकाे छ। केही महिनायता भेल्लुबाजेको व्यस्तता कुनै स्टार कलाकारकाेभन्दा कम छैन ।

देशभरका युट्युबर भेल्लुबाजेको भिडिओ अन्तर्वार्ता लिन घरमै पुगेनन् भेल्लुबाजेलाई नै काठमाडौंमै ल्याए। केही हाँस्य टेलिफिल्म पनि खेलाए।

 

सार्वजनिक कार्यक्रममा भाइरल कलाकार भन्दै लैजान थाले। सरसफाइ कार्यक्रमदेखि साङ्गीतिक कार्यक्रमसम्म उनलाई दौडाइन थालियो।