Friday, March 31
Shadow

एमालेको चियापानमा आसै-आस बोकेर कमल थापा पुगेपछि …

मकवानपुर ।

नेकपा एमाले मकवानपुरद्वारा बिहीबार बिहान चाडपर्वको सन्दर्भ पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापन समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा उपस्थित भएका छन् ।

 

एमालेको सहयोगमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव उठ्ने तयारी गरिरहेको थापाको उपस्थितिलाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ ।

अघिल्लो संघीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएको थापा मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

थापाले चुनाव लक्षित गरी एमाले पार्टी कार्यालय रहेको स्थानभन्दा करिब १५० मिटर टाढाको दूरीमा आफ्नो पार्टी कार्यालय समेत स्थापना गरेका छन् ।

पहिलो पटक हेटौंडा–५, सानोपोखरास्थित एमाले पार्टी कार्यालय पुगेका थापाले वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठलगायतसँग केही समय गफगाफ गरेका थिए ।

थापाले चुनाव लक्षित गरी निर्वाचन क्षेत्रमै घरदैलो समय सुरु गरिसके का छन् । एमाले नेताहरु उक्त क्षेत्रबाट थापा उम्मेदवार हुने पक्कापक्की भइसकेको प्रतिक्रिया दिन सुरु गरिसकेका छन् ।

सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रम गरेको छ। यो समूहले बिहीबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा चियापान कार्यक्रम गरेको हो।