सनातन हिन्दू ।
धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले प्रत्येक दिन जप्ने पनि गरेका छौँ ।घरमा पूजा गर्दा होस् वा कुनै शुभ कार्य गर्दा।
होस् वा मन्दिरमा पुजारी व्राह्मणहरूले पूजा गर्दा ॐ भनेपछि मात्रै अन्य काम शुरु गर्छन् ।तर के तपाईलाई यसको वास्तविक अर्थ थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।
संस्कृत शब्द ॐ तीन अक्षरबाट बनेको छ , त्यो हो अ उ म, यसको अर्थ हिन्दू धर्मको ‘माण्डूक्य उपनीषद’मा उल्लेख गरिएको छ ।केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनीषद्को रचना ई.पू. ८०० सालमा ऋषिहरूले गरेको मानिन्छ ।
‘अ’ अर्थात आदि, जसले व्रह्मलाई बुझाउँदछ ।‘उ’ अर्थात उन्नती, जसले विष्णुलाई चिनाउँदछ ।‘म’ अर्थात मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ ।यस उपनीषदमा ॐ शब्दलाई सबै मन्त्र तथा वेदको आधारभूत इकाई मानिएको छ , ।
जसले स्वयं परमव्रह्मा (सिंगो र केवल एक) र सारा व्रह्माण्डलाई जनाउँदछ ।विश्व एवम् भूत,वर्तमान र भविष्य काल तथा यिनीहरू भन्दा पर जो नित्य तत्व सर्वत्र व्याप्त छ , त्यो नै ॐ हो । यो सबै व्रह्म हो र यो आत्मा पनि व्रह्म हो ।
१. ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘वैश्वानर’ भनिन्छ । यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ , जहाँ केवल वाह्य संसारको अनुभूती गर्न सकिन्छ । २. ‘स्वप्न’ अवस्थाको आत्मालाई ‘तेजस’ भनिन्छ ।
यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ , जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ ,जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ ।