Sunday, March 26
Shadow

३ लाख मा बन्दै छन ४ कोठाको घर इच्छुक ले दिनुहोस जिम्मा सम्पर्क नम्बर सहित हेर्नुहोस् ।

नेपाली कांग्रेसका ।

 

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयलाई लिएर सभापति देउवा र महामन्त्री थापाबीच केही समय पहिले बैठकमै भनाभनको अवस्था भएको थियो ।

थापाले सुरुदेखि नै कांग्रेस १०० सिटबाट तल झरे पार्टीलाई ठूलो नोक्शान हुने र पार्टीभित्र आन्तरिक विद्रोह हुने चेतावनी दिएका छन् तर, सभापति देउवाले भने गठबन्धनकै कारण पार्टी बलियो भएको र सरकारको नेतृत्व गर्न ।

पाएको भन्दै गठबन्धनमा आवद्ध दललाई अपमान गरेर जान नसकिने भन्दै ८६ सिटमा सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका थिए ।तर, थापाले भने ८६ सिटमा कुनैपनि हालतमा मान्न नसकिने अडान लिएका थिए । बैठकबारे जानकार कांग्रेस स्रोतको दाबी छ,।

“सभापतिज्यू र महामन्त्रीज्यूबीच भनाभन नै भयो, सिटको बारेमा महामन्त्रीज्यूले १०० सिटको अडान लिनुभएको थियो, सभापतिले कांग्रेसले मात्रै यत्रो लिएर हुन्छ रु तपाईँहरु मिल्ने कुरा गर्नुहोस भन्दै पड्किनुभयो । अहिले सभापति र महामन्त्री थापाबीच पानी बाराबारको अवस्था छ ।

बोलचाल नै बन्द भयो ।आज शेखर कोइराला पक्षधर नेताहरुको छुट्टै भेला बसेको छ । सभापतिले अन्याय गर्न खोजेको भन्दै शेखर पक्षधर नेताहरुले छुट्टै भेला आयोजना गरेर सभापतिमाथि दबाब बढाएका छन् ।

 

उनीहरुले चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन कसरत थालेका छन् । शेखर पक्षको भेला स्वयम्भूमा बसेको छ ।