Sunday, December 4
Shadow

लामिछाने भाइ जहाँ भए पनि खोजेर ल्याउँछौं: प्रहरी प्रवक्ता राई

काठमाडौं, ११ असोज ।

 

नेपाल प्रहरीले नाबालिगमाथि बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्ने प्रयास जारी राखेको छ । यसका लागि उनीविरुद्ध हालै इन्टरपोल को ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ ।

उनी क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका बेला गत भदौ २१ गते उनीमाथि एक किशोरीले बलात्कार आरोपमा प्रहरी वृत्त गौशालमा उजुरी गरेकी थिइन् ।

त्यसपछि लामिछानेले आफू माथिको आरोप झूटो रहेको र नेपाल आएर त्यसविरुद्ध लड्ने भन्दै क्यानलाई वकिल मिलाइदिन आग्रह गरेका थिए । तर उनी हालसम्म पनि नेपाल फर्केका छैनन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सफल आवाजलाई बताए अनुसार आरोपित लामिछाने कुन देशमा छन् भन्ने यकिन नभएकाले उनीविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरिएको हो ।

यो सूचना जारी भएपछि आरोपित १९५ औटा इन्टरपोल सदस्य राष्ट्रमा जहाँ भए पनि पत्ता लाग्ने उनको भनाइ छ । नेपाल प्रहरीले इन्टरपोलको सदस्य राष्ट्रको (एनसीबी) अर्थात् नेशनल सेन्ट्रल ब्यूरोका हैसियतले इन्टरपोल सदस्य राष्ट्रहरुलाई ।

 

आरोपितलाई पक्रन सहयोगको आग्रह गर्दै डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस इन्टरपोलले जारी गर्ने अन्य रेड यल्लो, ब्लू, ब्ल्याक, ग्रीन, अरेन्ज तथा पर्पल नोटिसहरुभन्दा कम औपचारिक हुन्छ ।