Tuesday, November 29
Shadow

सन १९५० को सन्धिको धारा ८ अनुसार ६० हजार वर्ग किमी जमिन भारतले दिन पर्छ सेयर गरौ….

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका ।

अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ, देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय उठिरहँदा नेपालको धेरैठूलो भू भाग, त्यो पनि धेरै वर्ष अघि ब्रिटिसले लगेको हुँदा,फिर्ता पाउने ग्रेटर नेपालको उद्देश्य देख्दा धेरैलाई अचम्म लाग्छ ।

यस विषयमा अध्यक्ष नेपाल भन्छन, ‘हामीले बिना काम र चर्चाका निमित्त भू भाग मागेको हैन । नेपालले सुगौली सन्धी ब्रिटेनसँग गरेको थियो । ब्रिटेनले पछि उक्त सन्धी नै रद्दगर्दा त्यो कुरा भारतसँग लागू हुँदैन भनेको कारण हामीले यो कुरा उठाएका हौं ।नेपालका अनुुसार सन् १९५० को नेपाल भारत सम्बन्धको धारा ८ ले नेपाल र बेलायतले गरेका सबै सम्झौता रद्द हुन्छन् भनेको थियो ।

त्यसमा सुगौली सन्धी पनि पर्यो । यही सिद्धान्तमा अडिग रहेर भारतको कब्जामा रहेको६० हजार बर्ग किलोमिटर जमिन वैधानिक रुपमा ग्रेटर नेपालले माग गरिरेहको उनले बताए । भारतले उक्त भूू भाग ब्रिटेनले दिएको उपहार मान्ने गर्छ । यसरी भारतले उक्त भू भाग उपहार मान्ने कुरा तथ्यमा आधारित नभएको उनले जानकार गराए । ‘इन्डिया इन्डिपिन्डेन्ट एक्ट’अनुुसार ब्रिटेनले जुन अवस्थामा