Thursday, December 8
Shadow

कुलमान र रबीको दरो प्रतिस्पर्धा हुने पक्का, दुबै जनाले गरे एउटै क्षेत्रबाट चुनाव लड्ने घोषणा

नेकपा (माओवादी केन्द्र) ।

 

का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् ।नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो । काठमाडौंमा माओवादी को जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।

कुलमान उठ्ने काठमाडौं २ मा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि उठ्ने चर्चा छ । कुलमान उठ्ने भएपछि रवि अहिले तनावमा रहेको बुझिएको छ ।गठबन्धनले कमजोर उम्मेदवार उठाउने र एमालेको पनि हेभीवेट उम्मेदवार नउठ्ने सुईंको पाएपछि रविले सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् ।

तर, अब कुलमानले सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि रविको निन्द्रा हराम भएको छ ।यो पनि पढ्नुस :महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द कञ्चनपुर — लगातारको वर्षासँगै ।

 

महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारी,साधन आवागमनमा रोक लगाइएको छ ।