Thursday, March 30
Shadow

प्रचण्ड भन्छन्- बाबुरामजी र म मिलेर अर्को नयाँ खालको जनयुद्ध गर्छौं

काठमाडौं ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकाम ना आदानप्रदान कार्यक्रममा बोल्दै त्यो जनयुद्धमा डा। बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए ।

बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ  ।

भन्ने निष्कर्षमा पुगेका छौं ।’पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको अध्यक्ष प्रचण्डले बताए । ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ ।

हामीले ठूलो कमिटमेन्ट गरेका थियौं । धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने ।अहिले फेरि बाबुराम र आफूले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेको उनले बताए ।

 

जुन पुरानो खालको नहुने पनि प्रचण्डले प्रष्ट्याए । उनले भने, ‘समाजवादका लागि नयाँ जनयुद्ध पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन् । त्यो गर्ने समीक्षा गरेका छौं ।’