Sunday, December 4
Shadow

मलाई प्रधानमन्त्री बन्ने अफर हरेक दिन आएको आयै छ, म कसरि नाइँ भन्न सक्छु- प्रचण्ड

भरतपुर ।

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भन्दा आफ्नो लागि संविधानको रक्षा , राजनीतिक स्थीरता, आर्थिक समृद्धि र विकास प्राथमिकतामा रहेको बताएका छन् ।गृहजिल्ला चितवनमा ।

 

रहेका प्रचण्डले प्रेस सेन्टर चितवनले वडा दशैं लगायतका चाडपर्वमा सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले अहिले पनि आफुलाई प्रधानमन्त्रीको अफर आईरहेको भन्दै आफुले कुर्सीमा भन्दा देशको विकास र अग्रगमन  को पक्षमा कमिटमेन्ट गरेको बताएका हुन् ।

 

‘मैले चाहेको भए ०७४ को चुनावमा मलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर थियो, त्यसपछि पनि थियो, अहिले पनि त्यस्तो अफर छ, प्रचण्डले भने, तर मलाई मेरो लािग संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक स्थीरता र आर्थिक समृद्धि र विकासको लागि समर्पित गर्ने मेरो कमिटमेन्ट हो ।

अव फैसलला तपाईहरुको हातमा छ ।तपाईहरुले दिने फैसला मलाई मन्जुर छ,’ प्रचण्डले भने, – ‘चितवनका जनता सचेत छन् । उनीहरुको फैसला जहिले पनि अग्रगामी, लोकतन्त्र, अग्रगामनको पक्षमा हुँदैं आएको हुन्छ भन्ने मेरो विश्वास छ ।

 

अन्यथा जनताले फैसला दिन्छ भनेपनि शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला ले हस्ताक्षर गदैगर्दा जनताको कुनै पनि फैसला मान्य हुनेछ भनेर हामी संविधानसभामा सहभागी भएको हो ।’