काठमाडौंको बालाजुमा ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किँदा ।
मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका ७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर ।
घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ।दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइ ।
एको प्रहरीले जनाएको छ । मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।