Sunday, December 4
Shadow

बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

नेकपा माओवादी केन्द्रका ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरमा सरेपछि खुशी ब्यक्त गरेका छन् । पानी पानीमा घर सरेका प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् ।

 

भरतपुर महानग  रपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको प्रतिक्रिया दिएका छन् ।

 

प्रचण्डले आँफु शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमा डौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधान बाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताउँदा भने उनी भावुक बनेका थिए ।